Political Hightlights
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
२०७८ साउन १८ गते १५:२९
१८ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । माओवादीको भागमा परेका ७ वटा मन्त्रालय मध्ये थप मन्त्री चयन गर्न भन्दै बैठक बोलाइएको थियो ।
हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने सम्भावना देखिएको ब्रिफिङ गर्नुभएको थियो ।
प्रतिक्रिया