Political Hightlights

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ साउन १८ गते ९:०२
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

१८ साउन २०७८ काठमाडौं । सरकारमा जाने व्यक्तिहरूको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल गरी निर्णय लिइने नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्भवतः आज सरकारमा जाने मन्त्रीको नामावली प्रधानमन्त्री देउवालाई बुझाइनेछ । नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने बारेमा खासै विवाद नरहेको माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् ।

केही दिनअघि पार्टी अध्यक्ष प्रचण्डले सरकारमा जानका लागि सबै सांसदले आकाङ्क्षा देखाएका कारण मन्त्रीको बारेमा निर्णय लिन आफूलाई समस्या भएको बताउनुभएको थियो । देउवा नेतृत्वको वर्तमान सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसक्नुभएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्