Political Hightlights

देउवा नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको सांसद गिरिको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते १८:४८
देउवा नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको सांसद गिरिको टिप्पणी (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रदीप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेता गिरिले यो गठबन्धन सरकार पनि असफल भए देशको शासन व्यवस्था असफल भई कहाली लाग्दो अवस्था आउनेतर्फ सचेत गराउनुभयो ।

नेता गिरिले प्रधानमन्त्री देउवालाई आम जनताले चाहेको मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाएर जानुपर्ने बताउनुभयो ।

नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले अहिलेको शासक वर्गले उच्चस्तरीय भूमि समस्या समाधान आयोग विघटन हुने सन्त्रास दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्