जसपा कार्यकारिणी समितिको बैठक आज पनि बस्दै
१४ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे पुनः बस्ने बैठकमा सरकारमा सहभागितासँगै पार्टी सङ्ठनका विभिन्न विषयमा छलफल हुनेछ ।
यसअघि हिजोको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी पार्टीका तीन जना शीर्ष नेतालाई दिएको छ ।
ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको प्रवक्ता डम्बर खतिवडाले जानकारी दिनुभयो ।
बैठकले मन्त्री छनौट गर्दा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्डसमेत बनाएको प्रवक्ता खतिवडाले बताउनुभयो ।
बैठकमा केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले अहिलेसम्म अवसर नपाएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया