Political Hightlights
कांग्रेस शीर्ष नेताहरुको बैठक आज पनि बस्दै
२०७८ साउन १४ गते ८:५४

१४ साउन २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेताको बैठक आज पनि बस्दै छ ।
दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउन भन्दै समितिलाई आज दिउँसोसम्मको समय उपलव्ध गराइएको थियो ।
यसअघि हिजो पनि देउवा निवास बुढानीलकण्ठमा करिब ४ घन्टा छलफल चलेको थियो । बैठकमा विशेष महाधिवेशनको विषयसमेत उठेको छ । आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने जनाइएको छ ।
प्रतिक्रिया