Political Hightlights

वर्तमान सरकार परमादेशबाट बनेको भन्ने एमाले सांसदको टिप्पणीप्रति सांसद बिडारीको यस्तो आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १३ गते १७:३५
वर्तमान सरकार परमादेशबाट बनेको भन्ने एमाले सांसदको टिप्पणीप्रति सांसद बिडारीको यस्तो आपत्ति (भिडियो रिपोर्टसहित)

१३ साउन २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको सरकार परमादेशबाट बनेको भन्ने नेकपा एमालेका सांसदको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा उहाँले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदले नै अहिले विरोध गर्नु उचित नहुने बताउनुभयो ।

परामदेशबाट सरकार बन्यो भन्नेले राष्ट्रपतिको पनि अपमान गरिरहेको बिडारीले बताउनुभयो । उहाँले अदालतको फैसलामाथि संसदमा छलफल गरेकोमा पनि विरोध जनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने, पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले संविधान त्यस्तै बनाएको हो ? संविधानमा त्यही लेखेको छ ? अदालतको फैसलाको छलफल जनताले गर्न सक्छन्, विद्रोहीले विद्रोह गर्न सक्छन् । यही संविधानमा सहीछाप गरेर, शपथ खाएर, ज्यान गए संविधानविरुद्ध काम गर्दिनँ भनेर शपथ खाएर आएका हामी सांसद अदालतको फैसलाका विरुद्धमा संसारको कुनैपनि देशमा संसदमा अदालतको फैसलाको बारे छलफल हुँदैन । जनता भनेको फरक हो । त्यसैले संसदले छलफल गर्न यहाँ मिल्दैन । यहाँ भइरहेको छ । यो विकृति हो । ओलीजीले संविधान मिच्नको निम्ति, किच्नको निम्ति, फोड्नको निम्ति, लुछ्नको निम्ति सिकाइयो । त्यही सिकाए बमोजिम हामीले पनि यहाँ गर्न थालियो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगबाट संविधान मिच्न सिकेका सांसदले परमादेशको कुरा उठाइरहेको बिडारीको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्