Political Hightlights

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी

हिमालय टिभी
२०७८ साउन १३ गते १३:१८
तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी

१३ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्रीले एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने समझदारी भएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा अन्य पाँच प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ । तर, कसलाई नियुक्त गरिने भन्ने बारेमा राजनीतिक नियुक्तिको साझा मापदण्ड बनाएर अन्तिम रुप दिइनेछ ।

त्यसका लागि आज फेरी शीर्ष नेताहरुको बैठक बस्ने खड्काले जानकारी दिनुभयो । बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ ।

त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले बताउनुभयो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई तथा एमालेको माधव नेपाल समूहबाट डा विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी लगायत नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्