Political Hightlights

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्तिका विषयमा छलफल गर्न गठबन्धनको बैठक आज

हिमालय टिभी
२०७८ साउन १३ गते ८:४४
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्तिका विषयमा छलफल गर्न गठबन्धनको बैठक आज

१३ साउन २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्तिबारे छलफलका लागि सत्तारुढ पाँच दलीय गठबनधनको बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा सत्ता साझेदार दलबीच मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीको संख्या टुंगो लगाइने छ ।

गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्।

जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले आज गठबन्धनको बैठक बोलाइएको हो। जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ।

गठबन्धनका अरु दलबीच मन्त्रालयको भागबण्डा मिलाउने र आआफ्नो दलबाट मन्त्री छानेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ।

माओवादी केन्द्रले कम्तिमा ७ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ भने जसपाले पनि ७ मन्त्रालयमा दाबी गरेको छ । पार्टी एकताको प्रयास भइरहेका बेला एमालेको नेपाल समूह सरकारमा जाने भयो भने कम्तिमा ५ मन्त्रालय दिन गठबन्धन तयार देखिएको छ ।

आजको बैठकमा शक्ति बाँडफाँटमा टुंगो लागे आजै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा आलोचना हुन थालेको भन्दै प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुलाई मन्त्रिको नाम दिन पटक पटक आग्रह गरिसक्नुभएकव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्