Political Hightlights

लुम्बिनी प्रदेशका तीन सदस्यलाई पदमुक्त गर्ने जसपाको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १९:२१
लुम्बिनी प्रदेशका तीन सदस्यलाई पदमुक्त गर्ने जसपाको निर्णय (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पदबाट हटाउने निर्णय गरेको हो । तीनैजना सांसद अहिले पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी छन् ।

यसअघि पनि पदमुक्त गरिए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थमौती भएको थियो । तर निर्वाचन आयोगबाट यादव भट्टराइ समूहले आधिकारिकता पाए लगत्तै फेरि पदबाट हटाउने निर्णय गरिएको हो ।

यसअघि प्रदेश सरकारमा सहभागी भएकी जसपा सांसद सुमन शर्मा रायमाझी भने पदबाट राजीनामा दिएर यादव पक्षमा लाग्नुभएको थियो ।

जसपाको निर्णयसँगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ । यसअघि नै अल्पमतमा रहेको भन्दै विपक्षीले मुख्यमन्त्री पोखरेलको राजिनामा मागिरहेका छन् ।

प्रदेश सरकारले भने विश्वासको मत लिने बताएको छ । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले विश्वासको मत लिएर सरकार बैधानिक ढंगले अघि बढ्ने बताउनुभयो । जसपाबारे निर्वाचन आयोगको निर्णयले प्रदेशमा खासै फरक नपर्ने प्रवक्ता चौधरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्