Political Hightlights

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

हिमालय टिभी
२०७८ साउन १२ गते ७:२७
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

१२ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ९८ प्रतिशत काम सकेर आज आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ।

असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि आज प्रतिवेदन बुझाउन लागेको हो। समितिले बिहान ९ बजे पार्टी सभापति देउवालाई क्रियाशील सदस्यहरुको नामावली बुझाउने भएको हो।

२ प्रतिशत विवाद भने थाँती राखिएको छ । सहमति बन्न नसकेका नामलाई टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिइने भएको छ।

सप्तरी र बाराको पुरै जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पने भएको हो। सिन्धुपाल्चोक र रसुवामा समायोजनका क्रममा अस्पष्ट भएको समितिको निष्कर्ष छ ।

त्यसैले समितिले चार जिल्लाको क्रियाशील सदस्यता विवाद सहितको प्रतिवेदन बुझाउने भएको छ। केही वडा तथा क्षेत्रको विवादमा पनि माथिल्लो तहबाट निर्णय निकाल्ने गरी प्रतिवेदन तयार भएको छ।

धनुषा–४ को विवादमा समितिले समाधान निकाल्न सकेको छैन। त्यहाँ भएको विवादलाई लिएर जिल्ला तहका नेताहरु एक साता भन्दा अघिदेखि केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन्।

महाधिवेशनका बारेमा छलफल गर्न बिहान ९ बजे बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्दैछ । विवादका कारण भोलीका लागि तय भएको वडा अधिवेशन भने स्थगित भइसकेको छ।

आजको बैठकले वडा अधिवेशनको मिति तय गर्ने बताइएको छ । क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका प्राय कार्यतालिका प्रभावित बन्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्