Political Hightlights

यादव–भट्टराई समूहले पायो जसपाको आधिकारिकता

हिमालय टिभी
२०७८ साउन ११ गते १७:४६
यादव–भट्टराई समूहले पायो जसपाको आधिकारिकता

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पाएको छ।

निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरी अध्यक्ष यादव–भट्टराई पक्षलाई आधिकारिकता दिएको नेता महिन्द्र यादवले जानकारी दिनुभयो ।

यादव–भट्टराई पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना मात्रै देखिएका छन । एकजना तटस्थ बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्