Political Hightlights

आत्मालोचना गरे ठाकुर समूहका नेताहरुका बारेमा विचार गर्न सकिन्छः अध्यक्ष यादव

हिमालय टिभी
२०७८ साउन ११ गते १४:२३
आत्मालोचना गरे ठाकुर समूहका नेताहरुका बारेमा विचार गर्न सकिन्छः अध्यक्ष यादव

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले विचार गर्ने अध्यक्ष यादवले बताउनुभयो ।

यादवले आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुगेका नेताहरुले नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आए विचार गरिने अध्यक्ष यादवको भनाइ छ ।

अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिनुभयो । यादवले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिनुभयो ।

यसअघि ठाकुर समूहसँग निकट रहेका मनिष सुमन र राजकिशोर यादव पनि अन्तिममा उपेन्द्र यादवको पक्षका देखिनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाइसम्म पर्खिने बताएका छन् ।

सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आयोगको निर्णय र सर्वोच्च अदालतले दिने फैसलाका आधारमा अगडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्