Political Hightlights
आममाफीको घोषणाप्रति नेता नेपालको टिप्पणीः ओलीको शैलीमा सुधार आएन
२०७८ साउन ८ गते १७:०८
८ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्नुभएको छ ।
पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिनुभयो । नेपालले के यो कम्युनिष्ट प्रवृत्ति हो भनेर पनि प्रश्न गर्नुभयो ।
नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा त्यसो नगरेको टिप्पणी गर्दै नेपालले पार्टी भित्रको समस्या जस्ताको तस्तै रहेको बताउनुभयो ।
सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठहर छ ।
प्रतिक्रिया