Political Hightlights

नाटकीय ढंगले सांसद पदबाट राजीनामा दिएका भीम रावलद्वारा राजीनामा फिर्ता

हिमालय टिभी
२०७८ साउन ८ गते १३:२६
नाटकीय ढंगले सांसद पदबाट राजीनामा दिएका भीम रावलद्वारा राजीनामा फिर्ता

८ साउन २०७८ काठमाडौं । नाटकीय ढंगले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नाटकीय ढंगले राजीनामा फिर्ता लिनुभएको छ ।

संसद सचिवालय सिंहदरबार पुगी सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिनुभएको हो । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यको आग्रह अनुसार आफूले राजीनामा फिर्ता लिएको रावलको तर्क छ ।

सुरेन्द्र पाण्डे लगायतका नेताले रोक्न खोज्दा पनि सार्वजनिक रुपमै आक्रोश पोख्दै रावलले राजीनामा दिनुभएको थियो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतसम्म पुगेका रावलले पछिल्लो पटक विश्वासको मत दिने बेला राजीनामा दिनुभएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालसित असन्तुष्ट भएर राजीनामा दिएका रावल साउन ३ गतेयता नेपाल– खनाल समूहको बैठकमा पनि सहभागी हुनुभएको छैन । रावललाई फकाउन अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले प्रयास गरिरहनुभएको छ ।

ओली र नेपाल दुवैले राजीनामा फिर्ता लिन रावललाई दबाब दिनुभएको थियो । पछिल्लो पटक ओली पनि रावलप्रति लचिलो हुनुभएको छ । रावल अब कुन समूहमा लाग्नुहुन्छ भन्ने अझै खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्