Political Hightlights

राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन ८ गते १३:११
राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

८ साउन २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

थापा निवास बूढानीलकण्ठ पुगेर विप्लवले भेटवार्ता गर्नुभएको हो । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको छ ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताउनुभएको छ । ट्वीटर मार्फत दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भएको जानकारी दिँदै थापाले विप्लव नेतृत्वको नेकपासँग अघिल्लो सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

थापाले राप्रपा सहमति कार्यान्वयनका पक्षमा रहेको बताउनुभएको छ । प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेताहरु हेमन्त प्रकाश ओलीसहित विप्लव बूढानीलकण्ठ पुग्नुभएको थियो ।

भेटमा राप्रपाका तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान पनि हुनुहुन्थ्यो । विप्वलले केही दिनदेखि लगातार राजनीतिक दलका उच्च तहका नेतासित भेटवार्ता गर्दै आउनुभएको छ ।

विप्लवले प्रधानमन्त्र शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यसित भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेकपा नेता कार्यकर्ताको रिहाईका साथै अहिलेको व्यवस्थाको विकल्पमा जनमत संग्रह गर्ने विषयलाई विप्लव नेकपाले उठाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्