Political Hightlights

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ साउन ७ गते ९:०१
एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

७ साउन २०७८ काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो ३ बजेपछि शुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा पार्टी एकता बलियो बनाउने र आगामी दिनमा कसरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने भन्ने बारेमा नै छलफल हुने उहाँले बताउनुभयो । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।

पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णयअनुसार उनीहरूलाई हिजो नै पत्र पठाइएको र जवाफ आएपछि थप निर्णय गर्ने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपाल पक्षका सांसदहरूको हिजो बसेको बैठकले भने आफूहरूविरुद्धका नाराबाजी रोकेर पार्टी एकताको पहल गर्न ओलीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्