Political Hightlights

पार्टी एकताका लागि अध्यक्ष ओलीको राजीनामा पूर्वशर्त राख्नु अनुचित : सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १८:१३
पार्टी एकताका लागि अध्यक्ष ओलीको राजीनामा पूर्वशर्त राख्नु अनुचित : सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने पूर्व शर्त अनुचित भएको बताउनुभएको छ ।

हिमालय टेलिभिजनसित कुरा गर्दै सचिव भट्टराईले अहिले एकताका लागि पूर्व शर्त ठीक नभएको बताउनुभयो ।

एमालेको नेपाल खनाल पक्षले एकता कायम गर्न अध्यक्ष ओलीले पद छोड्नुपर्ने नयाँ शर्त राखेकोमा भट्टराईले आपत्ति जनाउनुभएको हो ।

सचिव भट्टराईले कार्यदलले गरेको १० बुँदे सहमतिकै आधारमा एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीभित्र अहिले समस्या आउनुमा मुख्य रुपमा अध्यक्ष ओली नै जिम्मेवार रहेको भट्टराइले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्