Political Hightlights

देउवालाई भोट दिने २२ जना एमाले सांसदलाई पठाइयो स्पष्टिकरण पत्र

हिमालय टिभी
२०७८ साउन ५ गते १५:०३
देउवालाई भोट दिने २२ जना एमाले सांसदलाई पठाइयो स्पष्टिकरण पत्र

५ साउन २०७८ काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई ढिलो गरी स्पष्टिकरण पत्र पठाएको छ ।

पार्टी अनुशासन उल्लंघनमा कारवाही किन नगर्ने भनेर उनीहरुलाई स्पष्टिकरण सोधिएको छ । हिजो नै २४ घण्टाभित्र माग्ने गरी स्पष्टिकरण माग्ने निर्णय भए पनि ढिलो गरी अहिले स्पष्टिकरण पत्र पठाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

२४ घण्टाभित्र उनीहरुलाई स्पष्टिकरण पेश गर्नु भनिएको छ । विश्वासको मत दिएका कारण अदालतले सांसदबाट हटाउन नसक्ने फैसला गरेकाले उनीहरुलाई पार्टीको जिम्मेवारीबाट हटाउने अध्यक्ष केपी शर्मा ओली पक्षको तयारी छ । तर भोट दिएकाहरुले स्पष्टिकरण पेश नगर्ने बताएका छन ,। उनीहरुले त्यसलाई अवैधानिक भनेका छन ।

एमालेको यो निर्णय लगत्तै हिजो बेलुका नै बसेको नेपाल–खनाल पक्षका नेताहरु सहितका २२ सांसदको बैठकले स्पष्टीकरणको जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले त्यस्तो भए कारबाही हुने एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *