Political Hightlights

एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन ५ गते १३:१०
एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताबीच आज भेटवार्ता भएको छ ।

भेटका लागि महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र धमेन्द्र बस्तोला ओली निवास बालकोट पुग्नु भएको थियो । भेटमा नेकपा नेताहरुले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताले यसअघि भएको सहमति अनुसार नै अगाडि बढ्न चाहेको बताएका थिए ।

उनीहरुले २०७७ साल फागुन १ गते सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरेका छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले कानूनी जटिलताका कारण सहमति कार्वान्वयनमा ढिलाइ भएको भन्दै त्यसलाई अन्यथा रुपमा लिन नहुने बताएको नेता भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले आफुहरु विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा परिवर्तन नभएको समेत बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्