Political Hightlights

ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ नेपाल समूहले नदिने

हिमालय टिभी
२०७८ साउन ५ गते १३:०६
ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ नेपाल समूहले नदिने

५ साउन २०७८ काठमाडौं । एमालेको नेपाल–खनाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टिकरणको जवाफ नदिने भएको छ ।

हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेको यो निर्णय लगत्तै हिजो बेलुका नै बसेको माधव नेपालसहितका २२ सांसदको बैठकले स्पष्टिकरणको जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले २२ जनालाई स्पष्टिकरण पत्र पठाएको भन्दै आज बस्ने केन्द्रीय कमिटी बैठकले कारबाहीबारे निर्णय गर्न सक्ने बताउनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्