Political Hightlights

कारबाहीको तयारीप्रति नेपाल–खनाल समूहले जनायो कडा आपत्ति

हिमालय टिभी
२०७८ साउन ४ गते १९:२०
कारबाहीको तयारीप्रति नेपाल–खनाल समूहले जनायो कडा आपत्ति

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिनेलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने तयारीप्रति असुन्तष्ट पक्षले कडा आपत्ति प्रतिक्रिया जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षको निर्णयमाथि नै उनीहरुले प्रश्न उठाएका छन् । देउवालाई भोट दिने मध्येका एक एमाले सांसद भवानी खापुङले स्पष्टिकरणको कुनै अर्थ नरहेको बताउनुभयो । पार्टीले नभई गुटले स्पष्टिकरण सोधेकाले त्यसलाई नमान्ने खापुङले बताउनुभयो ।

लोकतन्त्र, संविधान र संसद बचाउन प्रधानमन्त्री देउवालाई भोट हालेकोले माफी पनि नमाग्ने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्