एमाले युवा संघद्वारा वरिष्ठ नेता नेपालको पुत्ला दहन

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेको युवा संघले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरेको छ।
आज नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीविरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।
प्रदर्शनमा युवा संघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताउनुभयो । उहाँले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भइरहेको बताउनुभएको छ ।
‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चेतावनी दिएका छौँ’, सदस्य चौलागाईंले भन्नुभयो– गद्दारीका काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने, मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवा संघ नेपाल जन्मिसकेको छ ।
सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्ठा भएको समेत सदस्य चौलागाईंले बताउनुभयो ।
प्रतिक्रिया