Political Hightlights
एमालेले जारी गरेको ह्वीप सर्वोच्च अदालतको आदेशविपरीतः उपाध्यक्ष गौतम (भिडियो रिपोर्टसहित)
२०७८ साउन ३ गते १८:०६
३ साउन २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टीले जारी गरेको ह्वीप सर्वोच्चको आदेश विपरित रहेको बताउनुभएको छ ।
संसद भवनमा आज पत्रकारसित कुरा गर्दै गौतमले देउवाको विपक्षीमा मतदान गर्न पार्टीले लगाएको ह्वीपप्रति असन्तुष्टि जनाउनुभयो ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीलाई विश्वासको मत दिन नदिन पार्टीको ह्वीप नलाग्ने फैसला सर्वोच्चले गरेको थियो । सर्वोच्चको त्यो फैसला लोकतन्त्रका लागि सुन्दर पक्ष रहेको उपाध्यक्ष गौतमले बताउनुभयो ।
संवैधानिक इजलासको फैसला अनुसार कुनै पनि दलले ह्वीप लगाउन नहुने गौतमको भनाइ छ ।
प्रतिक्रिया