Political Hightlights

कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते १८:५७
कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्‍याएको छ ।

७५ जिल्लाबाट पठाइएका क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

अबको केही दिनमै बाँकी रहेका ठाउँको छानबिन गरेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।

१४ औँँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको नाम दर्ता भएको छ । प्राप्त उजुरीका आधारमा केहीको नाम काटिने छ र साढे ८ लाख जना महाधिवेशन प्रक्रियामा सहभागी हुनेछन् ।

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नामावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने नेता पौडेलले बताउनुभयो । सहमति र मापदण्ड दुवैबाट नटुंगिएका ७० वटा वडाको नामावली भने पदाधिकारीमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्