Political Hightlights

कांग्रेसमा कोइराला परिवारबाट साझा उम्मेदवारको खोजी शुरु

हिमालय टिभी
२०७८ साउन २ गते १३:२२
कांग्रेसमा कोइराला परिवारबाट साझा उम्मेदवारको खोजी शुरु

२ साउन २०७८ काठमाडौं । आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा कोइराला परिवारबाट साझा उम्मेदवार खोजी शुरु भएको छ ।

महाधिवेशनको तयारी चलिरहेका बेला पार्टीको संस्थापक कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयासमा तीन नेता जुटेका छन् ।

१४‍औं महाधिवेशनमा सभापतिका दाबेदार महामन्त्री शशांक, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र नेता शेखर कोइराला आज लञ्चसहितको मिटिङमा छन् ।

शशांक निवास महाराजगन्जमा कोइराला परिवारका सदस्यहरुबीच पार्टीको भावी महाधिवेशनबारे छलफल भइरहेको छ । विपी पुत्र सशांक, गिरिजापुत्री सुजाता र नोना पुत्र शेखर तीनैजनाले सभापतिको दावी गरिरहेका छन् ।

तीनै जनाले यसअघि कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयत्न जारी रहने बताइसकेका छन् । महाधिवेशनको तयारीसँगै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताको विषयमा पनि छलफल केन्द्रीत रहेको बताइएको छ ।

सुजाताले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने इच्छा देखाउनुभएको छ भने शशांकले स्वास्थ्य मन्त्रीमा दाबी गर्नुभएको छ । सुजाताले आफूलाई सरकारमा सहभागी गराउन शशांक र शेखरको साथ खोजेको बताइन्छ ।

एक जना सभापतिमा उम्मेदवार हुने र अरु दुई जना राजकीय भूमिकामा रहनेबारे छलफल चलिरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्