Political Hightlights

नेकपा महासचिव विप्लवको राजनीतिक भेटघाट तिब्र

हिमालय टिभी
२०७८ साउन १ गते १४:०२
नेकपा महासचिव विप्लवको राजनीतिक भेटघाट तिब्र

्१ साउन २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक भेटवार्ता तिब्र बनाउनुभएको छ ।

विप्लवले आज जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता गर्नु भएको छ । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै र सामूहिक भेटवार्ता गर्नु भएको थियो ।

त्यस्तै विप्लवले आफ्ना पूर्वसहकर्मी मोहन वैद्य, कृष्णबहादुर महरा, विश्वभक्त दुलाल आहुतीलगायतसँग पनि भेटवार्ता गर्नु भएको छ । नयाँ सरकार गठन भएपछि विप्लवको सक्रियता बढेको छ ।

ति भेटमा समसामयिक राजनीतिक विषय, दलहरुबीचको सहकार्य र ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनबारे कुराकानी भएको छ ।

अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति वर्तमान सरकारले स्वामित्व लिनु पर्ने र कार्यान्वयन गर्नुपर्ने विप्लवको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्