Political Hightlights

अदालतले अन्याय गरेको एमाले अध्यक्ष ओलीको गुनासो

हिमालय टिभी
२०७८ साउन १ गते १३:२४
अदालतले अन्याय गरेको एमाले अध्यक्ष ओलीको गुनासो

१ साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले अन्याय गरेको गुनासो गर्नुभएको छ ।

एमाले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूलाई न्याय पाउने ठाउँबाटै अन्याय गरिएको बताउनुभयो । अन्याय भए पनि अब आवेश र उत्तेजनामा नआई जनतामा जाने पनि ओलीले बताउनुभयो ।

यो जनादेशले नभई परमादेशले बनेको सरकार भन्दै ओलीले अब रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका खेल्ने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

तर सर्वोच्चले विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।

एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्