Political Hightlights
आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थागित
२०७८ असार ३१ गते ९:०१

३१ असार २०७८ काठमाडौं । आजका लागि तय भएको नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारीको बैठक भोलिका लागि सरेको छ ।
सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको थियो । तर प्रधानमन्त्रीसमेत रहनुभएका देउवाको व्यस्तताका कारण आजका लागि बोलाइएको बैठक सरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सरकारकोे नेतृत्व, थप मन्त्री नियुक्ति, आगामी रणनीति लगायतकाबारेमा छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो।
प्रतिक्रिया