प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौं : एमाले सांसद (भिडियो रिपोर्टसहित)
३० असार २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चर्का अभिव्यक्तिसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि आक्रामक तरिकाले प्रस्तुत भएको छ ।
ओलीले नेपाललाई गद्दार भन्दै नेपाल समूहमा लागेकोले माफी मागे ठाउँ दिने भनेकोमा नेपाल पक्षीय नेताले देउवालाई विश्वासको मत दिने भन्दै ओलीको शर्त अस्वीकार गरेका छन् ।
अब देउवा नेतृत्वको सरकार जोगाउने जिम्मा आफूहरुको काँधमा आएको नेपाल पक्षका सांसदहरुले बताएका छन् ।
हिमालय टेलिभिजनसँ कुरा गर्दै नेपाल निकट प्रतिनिधिसभा सदस्य मेटमणी चौधीले विश्वासको मत दिएर देउवा सरकारलाई पूरा कार्यकाल टिकाउने बताउनुभयो ।
यसअघि २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवा प्रधानमन्त्री भएकाले उहाँलाई विश्वासको मत दिन सांसद स्वतन्त रहेको चौधरीको भनाइ छ ।
केपी शर्मा ओलीकै कारण एमाले एक रहन नसकेमा नयाँ पार्टी खोलेर देउवा नेतृत्वको सरकारमा सहभागि हुने समेत उहाँको भनाइ छ ।
प्रतिक्रिया