Political Hightlights
एमाले स्थायी कमिटी बैठक स्थगित
२०७८ असार २९ गते १३:१६
२९ असार २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजका लागि तय भएको बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
अर्को बैठकको मिति भने तय भएको छैन । यसअघि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न हिजो साँझ बैठक डाकिएको थियो ।
सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका कारण बैठक अनौपचारिक रूपमा मात्र बसेको थियो ।
माधव नेपाल पक्षसहितको बैठक राख्नेगरी छलफल भइरहेका कारण बैठक केही समय स्थगन भएको सचिव तामाङले बताउनुभयो ।
प्रतिक्रिया