Political Hightlights

एमाले नेता बस्नेतले भने–सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २८ गते १८:०६
एमाले नेता बस्नेतले भने–सर्वोच्च अदालतलाई घाँस खुवाएर  फैसला गराइयो (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौति दिनुभएको छ ।

सर्वोच्चको फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले आज काठमाडौंको माइतीघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उहाँले न्यायालयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौति दिनुभएको हो ।

नेकपा एमालेले व्हीप उल्लघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउँदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाउनुभयो । उहाँले प्रधानन्यायाधीश आफु प्रधानमन्त्री बन्न्ने योजना साथ फैसला गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “आज सर्वोच्च अदालतले फैसला गर्यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उल्लंघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउँदैन । सर्वोच्च अदालतले आज आफुलाई कुनै पार्टी घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र शमशेरलाई चुनौति दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाई एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।

तपाई अहिले देउवालाई प्रधानमन्त्री बनाउने, विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर तपाई प्रधानमन्त्री बन्ने डिजाइनका साथ यो फैसला गर्न तपाई तयार हुनुभयो । हामी यो फैसलालाई कुनै मानेमा स्वीकार गर्दैनौ । अब मुलुक द्धन्द्धमा प्रवेश गरेको छ । सर्वोच्च अदालतको फैसलाले राजनीतिक मुद्दा समाधान गर्ने, राजनीतिक द्धन्द्धलाई समाधान गर्ने, राजनीतिक मुद्दा व्युँताउने र द्धन्द्ध जगाउने फैसला आम जनताले मान्नेवाला छैनन् । ”

२०५२ सालदेखि नै नेपालको राजनीतिक द्धन्द्धमा फसेको, सांसद किनबेच शुरु भएको भन्दै उहाँले अदालतको सोमबारको फैसलाले फेरि राजनीति द्धन्द्ध, विकृति विसंगतिमा फसाएको दाबी गर्नुभयो । नेकपा एमालेका २३ जना सांसदको आडमा निरंकुश र बैदेशिक क्रिया प्रतिक्रियावादीहरुको षडयन्त्रमा अदालतको फैसला आएको दाबी पनि उहाँले गर्नुभयो । शेरबहादुर देउवासँग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै १ सय ३६ भोट चाहिनेमा १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकाको, संवैधानिक निकायहरुको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “चोलेन्द्र शम्शेरजी, जहानिया राणा शासन सकियो । तपाईको थर राणा हो । तपाईमा देखिएको यो जहानिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । अब तपाई फेरि अर्को चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईको सपना नजन्मदै तुहिने छ ।”

उहाँले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाउनुभयो । संवैधानिक इजलास गठन हुने बेलादेखि नै आफुहरुलाई शंका लागेको भन्दै उहाँले अदालतको फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “रमण श्रेष्ठ र शम्भु थापाहरुको संवैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाइ छ, काँक्रो चोरेर चोरले आफु खान्छ अनि वियाँ साथीको मुख तिर दल्दिएर भन्छ काक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर ज्ुन फैसला गरेका छन् । उनीहरुले नयाँ खिलराज रेग्मी जन्माउने डिजाइनका साथ यो फैसला आएको छ । ”

नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलीयतातिर जान खोजेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्