Political Hightlights

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा दुवै पक्ष अन्तरिक छलफलमा व्यस्त

हिमालय टिभी
२०७८ असार २७ गते ८:१४
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा दुवै पक्ष अन्तरिक छलफलमा व्यस्त

२७ असार २०७८ काठमाडौं । महाधिवेशनको मिति नजिँकिँदै गर्दै नेपाली कांग्रेसमा दुवै पक्षले आन्तरिक छलफललाई तीव्र पारेका छन्।

सस्थापनइतर पक्षका नेताहरुले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउन लामो समयदेखि छलफल गरिरहेका छन्।

सभापति शेरबहादुर देउवा पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिसमेत सस्थापनइतर पक्षका नेताहरुसँग मिलेर सभापतिको उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।

त्यसका लागि निधिले बिपी पुत्र शशांक र गणेशमान पुत्र प्रकाशमानसँगै लिएर छलफल चलाइरहनु भएको छ । सस्थापनइतर पक्षले महाधिवेशन केन्द्रीत छलफललाई तीव्रता दिएपछि सस्थापन पक्ष पनि सकृय भएको छ

सस्थापनइतर पक्षबाट को उम्मेदवार बन्ने भन्ने एकिन भइनसके पनि सस्थापन पक्षले भने देउवालाई नै सभापतिको उम्मेदवार बनाउने भएको छ।

देउवालाई पार्टी सभापतिमा देहोर्‍याउन उहाँको समूहका केही नेताहरुले छलफल गरिरहेका छन्। हिजो काठमाडौंमा छलफल गरी देउवालाई सर्वसम्मत सभापति बनाउन प्रयास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्