Political Hightlights

एमाले कार्यदल सहमति नजिक, आज सहमतिको खाका तयार पारिने

हिमालय टिभी
२०७८ असार २६ गते ९:०३
एमाले कार्यदल सहमति नजिक, आज सहमतिको खाका तयार पारिने

२६ असार २०७८ काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा करिब करिब सहमति जुटेको छ । सहमतिका लागि आज बस्ने कार्यदल बैठकले खाका तयार पार्ने छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हिजो करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई आज अन्तिम रुप दिने कार्यदलका सदस्य तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताउनु भयो ।

उहाँले छलफल गर्दै जाँदा समय अभाव भएकाले बाँकी रहेका विषय आज टुंगोमा पुग्ने बताउनुभयो । आज कार्यदलस्तरमा सहमति भए लगत्तै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराइनेछ ।

दुबै नेताको हस्ताक्षरसहित सहमति पत्र सार्वजनिक गर्ने कार्यदलको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्