Political Hightlights

पार्टी खारेजीको माग गर्नेहरु ‘अवसरवादी र अनैतिक तत्व’ : माओवादी केन्द्र

हिमालय टिभी
२०७८ असार २५ गते १५:११
पार्टी खारेजीको माग गर्नेहरु ‘अवसरवादी र अनैतिक तत्व’ : माओवादी केन्द्र

२५ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘पार्टी खारेजीको माग’ गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेहरुलाई ‘अवसरवादी र अनैतिक तत्व’ भनेको छ ।

माओवादी छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताहरुले दिएको पार्टी खारेजीको निवेदन दर्ता गरेकोमा आपत्ति जनाउँदै माओवादी केन्द्रले आक्रोश व्यक्त गरेको छ ।

निवेदन दर्ता भएको तर्फ माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले निकालेका विज्ञप्तिमा पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको उल्लेख छ ।

दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हाँस्यास्पद देखिएको माओवादी केन्द्रको टिप्पणी छ ।

अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउने मनसाय राखेको माओवादीको दावी छ । संविधान, कानून, विधि, विधान विपरीत दुष्प्रचार गरिएको भन्दै पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गरिएको छ ।

अनधिकृत तथा निर्वाचन आयोगसँग सरोकार नै नरहेको निवेदन स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना भएको भन्दै माओवादीले आइन्दा त्यस्तो नगर्न पनि आयोगलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्