एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी, पाँचबुँदे मस्यौदामा छलफल हुँदै

२५ असार २०७८ काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले सिंहरदरबारमा बसिरहेको छ ।
अर्थ मन्त्रालयमा बसिरहेको बैठकमा एमालेभित्रको विवाद समाधानका लागि उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको पाँच बुँदे ड्राफ्टमाथि छलफल भैरहेको छ ।
जेठ २ अघिको संगठनात्मक अवस्थामा पार्टीलाई फर्काउने बारे धेरै विषय मिलिसकेको छ। कार्यदलमा कुरा मिले पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कुरा नमिल्दा समस्या भैरहेको छ ।
पावर शेयरिङको विषयमा कुरा मिल्न बाँकी छ । अहिले ओली र नेपालसित सल्लाह गरी दुवै जनालाई सहमत गराउने गरी छलफल चलिरहेको छ ।
हिजो बैठक बस्न नसकेपछि नेता घनश्याम भुसालले १० दिनदेखि वार्तामा कुनै प्रगति नभएको बताएपछि यसले तरंग सिर्जना भएको थियो । भुसालको पछिल्लो अभिव्यक्ति र नेपाल खनाल पक्षको अडानका कारण आज ओली पक्ष केही लचिलो हुने अनुमान गरिएको छ ।
संस्थापन पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्बाङले आजको बैठक फलदायी हुने दाबी गर्नुभएको छ ।
प्रतिक्रिया