Political Hightlights

एमाले विवाद मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ असार २५ गते ९:०६
एमाले विवाद मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

२५ असार २०७८ काठमाडौं । सत्तारूढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक आज पनि बस्दैछ ।

आजको बैठकले निष्कर्ष दिने कार्यदलमा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फबाट संयोजक रहनु भएका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । कार्यदलको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

कार्यदलमा नेता माधवकुमार नेपालतर्फबाट सहभागी नेता गोकर्ण विष्टले पनि असहमतिका विषयमा आफूहरू सहमति नजिक पुगेको बताउनुभयो । अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको भोलिपल्ट हिजो बसेको बैठकपछि कार्यदलका सदस्यहरूले साँझसम्म सहमति हुने दाबी गरेका थिए । तर दुवै पक्ष आआफ्नै अडानमा रहेका कारण कुनै सहमति भएको छैन ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै आउनुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्