Political Hightlights

विवाद समाधान गर्न गठित एमाले कार्यदलको प्रगति शून्य

हिमालय टिभी
२०७८ असार २५ गते ७:२५
विवाद समाधान गर्न गठित एमाले कार्यदलको प्रगति शून्य

२५ असार २०७८ काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति गएको १० दिनदेखि शून्य अवस्थामा छ ।

हिजो बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरूले बेलुका सहमति हुने भनेर पत्रकारहरूलाई सकारात्मक सन्देश दिएका थिए । तर बेलुका बसेको बैठक औपचारिक रूपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिनयता कुनै प्रगति नभएको बताउनुभयो ।

नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् ।

कार्यदलको बैठकपछि एक नेताले पार्टी एकताप्रति कुनै रुची नदेखाएको र यसो उसो गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न र पाँच दलीय गठबन्धनमा अविश्वास सिर्जना गर्न खोजेजस्तो मात्रै देखिएको प्रतिक्रिया दिए ।

अर्थ मन्त्रालय सिंहदरबारमा हिजो नै दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता टोली सदस्य विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी दुवै पक्षका नेताहरू बाहिरिएका थिए । तर ओली पक्षका वार्ता टोली संयोजक सुवासचन्द्र नेम्वाङले आज बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने दावी गर्नुभयो ।

बैठक आज बिहान साढे ११ बस्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्