Political Hightlights

सर्वोच्चबाट संसद पुनःस्थापना हुने अध्यक्ष प्रचण्डको दाबी

हिमालय टिभी
२०७८ असार २२ गते १३:०१
सर्वोच्चबाट संसद पुनःस्थापना हुने अध्यक्ष प्रचण्डको दाबी

२२ असार २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट संसद पुनस्स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्चले संसद पुनस्स्थापना मात्र नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने विश्वास रहेको बताउनुभयो ।

उहाँले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशतातर्फ अग्रसर भएको आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दबाब दिएर थप निरंकुशतातर्फ अग्रसर हुँदै गइरहेको प्रमाणित भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भइसकेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्