Political Hightlights

जेठमा हुने भनिएको राप्रपाको महाधिवेशन कात्तिकमा काठमाडौंमा हुने

हिमालय टिभी
२०७८ असार १९ गते १९:०३
जेठमा हुने भनिएको राप्रपाको महाधिवेशन कात्तिकमा काठमाडौंमा हुने

१९ असार २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ । यसअघि जेठमा गर्ने भनिएको महाधिवेशन आगामी कात्तिकमा काठमाडौंमा हुने भएको छ ।

केन्द्रीय निर्देशन समितिको आज बसेको बैठकले कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

जसअनुसार वडा–गाउँ–नगर–प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गर्नेगरी कार्यतालिका बनाइएको छ ।

यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्