Political Hightlights

एमाले केन्द्रीय कमिटी बैठकमा महासचिवको संगठनात्मक प्रस्ताव पेश

हिमालय टिभी
२०७८ असार १९ गते १६:५२
एमाले केन्द्रीय कमिटी बैठकमा महासचिवको संगठनात्मक प्रस्ताव पेश

१९ असार २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्नु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी बैठकमा महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् ।

उहाँले पार्टीलाई बलियो बनाउन साउन ५ भित्र देशभर सदस्यता अधावधिक भइसक्नुपर्ने बताउनुभयो । विधान संशोधन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाइ सक्नुपर्ने पोखरेलको प्रस्ताव छ ।

महासचिव पोखरेलले आगामी बैशाख ३० गतेभित्र कुनै पनि हालतमा महाधिवेशन गरिसक्नु भएकाले त्यसैअनुसार अघि बढ्नु पर्ने बताउनुभयो । २०७९ साल फागुनमा स्थानीय तहको निर्वाचन पनि भएकोले पार्टीको महाधिवेशन समयमै हुनुपर्ने पोखरेलको प्रस्ताव छ ।

नेपाल खनाल समूहसँग एकताको अन्तिम प्रयास भइरहेका बेला केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको विषयमा छलफल शुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्