Political Hightlights

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन सम्वाद, दुवैले राखे यस्तो अडान

हिमालय टिभी
२०७८ असार १९ गते १५:०७
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन सम्वाद, दुवैले राखे यस्तो अडान

१९ असार २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि टेलिफोन संवाद भएको छ ।

यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको थियो । नेता नेपालले ओलीले हिजो बोलाएको केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गर्नुभएको थियो । ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।

तर अहिलेसम्म दुबै नेता आ–आफ्नो अडानमा कायमै छन् । हिजोको बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिनुभएको थियो ।

त्यसलगत्तै आज टेलिफोन संवाद भएको हो । टेलिफोनमा अध्यक्ष ओलीले आजको बैठकमा सहभागी हुन आग्रह गरेको बताइएको छ । तर नेपालले भने प्याकेजमा सहमति नभएसम्म कुनै पनि बैठकमा नआउने जवाफ दिनुभएको थियो ।

दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । दोस्रो तहका नेताबी ललितपुरस्थित समिट होटलमा आज पनि छलफल भइरहेको छ ।

त्यहाँ नेताहरुबीच संवाद भएपछि उपमहासचिव घनश्याम भुसाल माधव नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । भुसालले नै दुई नेताबीच टेलिफोन सम्वाद गराएको एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *