Political Hightlights

ओली पुरानै कमिटीमा फर्कन तयार भएपछि एमालेको नेपाल समूह आन्तरिक छलफलमा

हिमालय टिभी
२०७८ असार १७ गते ८:२८
ओली पुरानै कमिटीमा फर्कन तयार भएपछि एमालेको नेपाल समूह आन्तरिक छलफलमा

१७ असार २०७८ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पुरानै कमिटीमा फर्कन तयार भएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुट्दै छ ।

भोलिका लागि बोलाइएको पुरानै केन्द्रीय कमिटी बैठकमा सहभागि हुने वा नहुने भन्ने निर्णयका लागि आज नेपाल समूह आन्तरिक छलफलमा बस्दैछ । बिहान ११ बजेपछि स्थायी कमिटी सदस्यहरुको छलफल हुन लागेको हो ।

यस्तै केन्द्रीय सदस्यहरुसँग पनि छलफलको तयारी गरिएको छ । नेपाल समूहले २०७५ जेठ २ कै कमिटीको बैठक बोलाउनुपर्ने बताएको छ । तर अध्यक्ष ओलीले २०७५ जेठ तीन पूर्वको कमिटी बैठक बोलाउनुभएको छ ।

यस्तै हिजो बसेको दशौं महाधिवेशन आइोजक कमिटीको अन्तिम बैठकले स्थायी कमिटीमा पूर्व माओवादी समूहका चारसहित आठ जनालाई मनोनित गरेको थियो । जसमा नेपाल समूहका पनि दुई जना समेटिएका छन् ।

नेपाल समूहले यो निर्णयमा पनि असन्तुष्टि जनाएको छ । आज बस्ने नेपाल समूहको बैठकले अब एकता प्रक्रियामा सहभागी हुने वा नहुने तय गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *