Political Hightlights

कारबाहीमा परेका ११ जनाबाहेकका नेतालाई मात्र महाधिवेशन आयोजक कमिटी बैठकमा निम्ता

हिमालय टिभी
२०७८ असार १५ गते १८:३४
कारबाहीमा परेका ११ जनाबाहेकका नेतालाई मात्र महाधिवेशन आयोजक कमिटी बैठकमा निम्ता

१५ असार २०७८ काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा कारवाहीमा परेका एघार जना बाहेक नेपाल–खनाल समूहका अरु नेतालाई पनि बोलाइएको छ ।

बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यलाई बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले जेठ १० मा नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो । तर नेपाल–खनाल समूहले बैठकमा नजाने यसअघि नै बताईसकेको छ । कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ ।

यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ । यसपछि २०७५ साल जेठ २ गते कायम एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने ओलीको तयारी छ ।

फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *