अब तीन जनाभन्दा बाहिर पनि छलफल गर्ने निधि, सिंह र कोइरालाबीच सहमति
१५ असार २०७८ काठमाडौं । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भएको छलफलमा अब तीन जना भन्दा बाहिर पनि गएर छलफल गर्ने सहमति भएको छ ।
त्यसका लागि शुक्रबार कोइराला निवासमा पार्टीका सबै केन्द्रीय सदस्यको भेला बोलाइएको छ । त्यसपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासित पनि छलफल गर्ने नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेता निधि, कोइराला र सिंहबीच छलफल भैरहेको छ । तीनै जना १४ औं महाधिवेशनमा सभापतिका आंकाक्षी हुनुहुन्छ ।
पार्टीभित्र फरक गुटमा रहेका निधी, कोइराला र सिंहको निरन्तरको छलफललाई नयाँ समीकरण निर्माणको तयारीका रुपमा हेरिएको छ । निधि संस्थापन समूहमा हुनुहुन्छ भने कोइराला र सिंह संस्थापन इतर समूहमा हुनुहुन्छ ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि काठमाडौंमा हुँदैछ । कांग्रेसको भाविीनेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल आकांक्षा देखाउनुभएको छ ।
प्रतिक्रिया