Political Hightlights

महाधिवेशन नजिकिएसँगै कांग्रेस नेताहरुबीचको भेटघाट तिब्र

हिमालय टिभी
२०७८ असार १४ गते १९:०६
महाधिवेशन नजिकिएसँगै कांग्रेस नेताहरुबीचको भेटघाट तिब्र

१४ असार २०७८ काठमाडौं । महाधिवेशनको मिति नजिकिएसंगै नेपाली कांग्रेसका नेताहरु बीचमा भेटघाट र छलफलले तिव्रता पाएको छ ।

सभापति शेरबहादुर देउवाबाट शुरु भएको महाधिवेशन लक्षित भेटघाट र छलफल अहिले बरिष्ठ नेता रामचन्द्र पौडेल सम्म पुगेको छ । वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजता कोइरालाका बीचमा आज भेटवार्ता भएको छ ।

कोइराला निवास मण्डिखाटारमा भएको भेटमा आगामी सभापतिमा देउवालाई कसरी रोक्ने भन्नेबारे छलफल भएको छ । देउवाले सभापतिमा दोहोरिने बताएपछि संस्थापन इतरका नेताहरु अहिले त्यसलाई रोक्ने रणनीतिमा लागिरहेका छन् ।

आजको भेटमा बरिष्ठ नेता पौडेलले एक पटकका लागि आफूलाई सभापति बनाउन आग्रह गर्नु भएको छ । तर नेतृत्वबारे आज नै कुनै सहमति भने नभएको सहभागीले बताएका छन् । नेतृ कोइरालाले पनि आफूले सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनु भएको छ ।

त्यस्तै पौडेल समूहबाटै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला लगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । वरिष्ठ नेता पौडेल र नेता शेखर कोइरालाबीच पनि आजै भेटवार्ता भएको छ ।

यो भेटमा दुबै नेताले एकअर्कासँग सहयोग मागेका थिए । कोइरालाले आफुलाई सभापतिमा समर्थन गरे प्रधानमन्त्री बनाउन सहयोग गर्ने भन्दै पौडेललाई फकाउने प्रयास गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्