आर्थिक

चोभार सुख्खा बन्दरगाहः संचालनसँगै के–के हुन्छन् फाइदा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १४ गते १८:४६
चोभार सुख्खा बन्दरगाहः संचालनसँगै के–के हुन्छन् फाइदा ? (भिडियो रिपोर्टसहित)

१४ असार २०७८ काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दरगाह निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ, सञ्चालनका लागि पूर्वाधार पनि बनिसकेको छ ।

यो काठमाडौंको चोभारमा निर्माण भइरहेको सुख्खा बन्दरगाह हो । २०७५ माघमा शुरु भएको यो बन्दरगाहको काम ९० प्रतिशत सकिएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार असार मसान्तभित्र काम पूरा हुनेछ । चाहेमा यो बन्दरगाह भोलि नै पनि सञ्चालन गर्न सकिन्छ ।

बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रुपैयाँ छ । बन्दरगाह सञ्चालनका लागि आवश्यक सबैजसो पूर्वधार बनिसकेको छ ।

विदेशबाट आयात र नेपालबाट निर्यात गरिने सामानको यो सुख्खा बन्दरगाहबाट भन्सार क्लियर गर्न सकिनेछ । अहिले चीन र भारतसँगका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र भन्सार क्लियर हुने गरेको छ ।

विदेशबाट आउने ७० प्रतिशत सामान काठमाडौंमै खपत हुने भएकाले चोभारको बन्दरगाहबाट सबैले फाइदा लिन सक्नेछन् । अब चोभारमा बन्दरगाह बनेपछि भारतका विभिन्न नाका र चीनबाट काठमाडौं आउने सामान छुटाउन सम्वन्धित नाकाको भन्सार कार्यालय पुग्नुपर्दैन् । चोभार गए पुग्नेछ । यसले लागत पनि सस्तो हुनेछ ।

चोभारलाई ट्रान्जिट हबका रुपमा विकास गर्ने सरकारको लक्ष्य छ । यो बन्दरगाहमा अहिले पृथ्वी राजमार्ग भएर आउने गाडीको भन्सार क्लियरिङ् यहीँबाट हुनेछ । भविष्यमा निर्माण हुने बाहिरी चक्रपथ, काठमाडौं ( तराईरमधेश जोड्ने द्रुतमार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर यसलाई ट्रान्जिट हब बनाउने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *