Political Hightlights

अहिले कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै मूल विवाद हो : नेता विष्णु रिजाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १४ गते १४:२५
अहिले कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै मूल विवाद हो : नेता विष्णु रिजाल (भिडियो रिपोर्टसहित)

१४ असार २०७८ काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजालले संसद पुर्नस्थापना भएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि विश्वासको मत नपाउने दावी गर्नुभएको छ ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै रिजालले मुलुक फेरि पनि चुनावमै जाने दावी गर्नुभयो । अहिले कसको नेतृत्वमा चुनाव गर्ने भन्ने नै मूल विवादको विषय भन्दै रिजालले कांग्रेसले आफ्नो नेतृत्वमा चुनाव गराउन मात्रै बखेडा झिकेको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि त्यसै अनुसार नेतृत्वले पार्टी अगाडि नबढाउँदा समस्या आएको र त्यसमा अध्यक्ष ओली जिम्मेवार रहेको रिजालले बताउनुभयो ।

नेकपा एमाले एकीकृत भएर अघि बढ्ने रिजालको दावी छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद हुनुपर्नेमा रिजालले जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्