Political Hightlights

नेकपालाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा एकताबद्ध हुन नेता नेपालको अपिल

हिमालय टिभी
२०७८ असार १४ गते १३:२०
नेकपालाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा एकताबद्ध हुन नेता नेपालको अपिल

१४ असार २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा एकताबद्ध हुन अपिल गर्नुभएको छ ।

तत्कालिन एमाले महासचिव मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा सन्देश जारी गर्दै वरिष्ठ नेता नेपालले एकीकृत कम्युनिष्ट आन्दोलनका पक्षमा लाग्न आह्वान गर्नुभएको हो ।

वरिष्ठ नेता नेपालले नाम नलिइकन प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप पनि लगाउनुभएको छ ।

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन गर्न नसकेको नेता नेपालको आरोप छ ।

राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यता नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट हुन नसक्ने नेपालको तर्क छ ।

विचलन, विकृति, विसंगति, बेथिति र अन्याय अन्त्य गर्दै नेकपा एमाले मात्र नभई सिंगो कम्युनिस्ट आन्दोलन नयाँ ढंगबाट एकीकृत गर्न सबै लाग्नुपर्ने नेता नेपालको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्