Political Hightlights

तीनबुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नगरेको विप्लव समूहको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १३ गते १८:२५
तीनबुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नगरेको विप्लव समूहको गुनासो (भिडियो रिपोर्टसहित)

१३ असार २०७८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकारले तीन बुँदे सहमति इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गर्नुभएको छ ।

गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनमा गएपनि सरकारले इमान्दारिता नदेखाएको लामाले आरोप लगाउनुभएको हो ।

नेकपाको काठमाडौं जिल्ला समितिले काठमाडौंमा गरेको रक्तदान कार्यक्रममा नेता लामाले सहमति कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

२ सय ५० जनाले रक्तदान गरेको नेकपा काठमाडौं जिल्ला समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्