Political Hightlights
अहिलेको संघर्षमा आफू विजयी हुने प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ असार ११ गते १८:४३

११ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चलिरहेको संघर्षमा आफ्नो जित हुने दावी गर्नुभएको छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सरकारी निवास बालुवाटारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनविरुद्ध चलिरहेको रस्साकस्सीमा आफ्नो जित हुने दावी गर्नुभएको हो ।
जसपाको महन्थ ठाकुर समूहलाई साथ लिएको विषयलाई लिएर आलोचना भैरहेकोमा पनि उहाँले प्रतिवाद गर्नुभयो । आफूले ठाकुरसित संविधानविपरीत कुनै सम्झौता नगरेको बताउनुभयो ।
पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायतका पूर्व प्रधानमन्त्रीले भारतीय हस्तक्षेप निम्त्याउन खोजेको प्रधानमन्त्रीको आरोप छ ।
प्रतिक्रिया